• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापति नियमित महाधिवेशनको पक्षमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापति नियमित महाधिवेशनको पक्षमा खुलेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले नियमित महाधिवेशनको पक्षमा रहेको जानकारी दिएका हुन् ।

उनीहरुले अहिले सबैले पार्टी बचाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।

सभापतिहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘१५ औँ नियमित महाधिवेशन २०८३ वैशाख मसान्तसम्मको कार्यतालिका २०८२ पौष १८ गते बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय भई नियमित अधिवेशनकै प्रक्रिया निरन्तर रहेको अवस्थामा र विशेष महाधिवेशन बोलाउने वैधानिक अधिकार केन्द्रीय तहको मात्र रहेको वैधानिक व्यवस्था भएको र विशेष महाधिवेशनको उपयुक्त वातावरण समेत नभएको हुँदा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अझै पार्टीका एकताको प्रयास गरी वार्ता र सङ्कटमार्फत पार्टी विभाजनबाट बचाउन केन्द्रित हुन आवश्यक छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖