• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

प्रचण्डसँग चुनाव लड्न तम्सिए सहिद सन्तति सन्दीप


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ पुस । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य एवं सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनका अध्यक्ष सन्दीप पुनले रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चुनावी प्रतिस्पर्धा गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू प्रचण्डसँग चुनाव लड्न तयार रहेको बताएका हुन् ।

‘मेरो जिल्लामा प्रतिनिधिसभाको निर्वाचनमा मेरो सशक्त दाबी छ । उम्मेदवारी घोषणा गर्न चाहन्छु । पछिल्लो समय मैले प्रचण्ड आउने भन्ने कुरा सुनेको छु । उहाँ आउनुभयो भने म लड्न तयार छु,’– उनले भने ।

सन्दीप रुकुम पूर्व चुनवाङका स्थानीय हुन् । उनका बुबा सूर्यप्रकाश पुन र आमाको परम्परा गौतमले जनयुद्धकै क्रममा साहदत प्राप्त गरेका थिए । जनयुद्धकै क्रममा २०५४ सालमा जन्मिएका सन्दीपले प्रचण्डसँग चुनाव लड्ने भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖