• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाको समानुपातिकबाट नाम फिर्ता लिने विपिनसहित १६ पुगे


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका छन् ।

आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको बताए । यद्यपि आयोगबाट औपचारिक रूपमा नाम फिर्ता लिनका लागि पुस २८ गतेको मिति निर्वाचन आयोगले तोकेको छ । उक्त दिन निवेदन दिएपछि मात्र औपचारिक रूपमा नाम फिर्ता हुन्छ ।

‘मैले समानुपातिकबाट नाम फिर्ता लिएँ, अब म प्रत्यक्ष चुनाव लड्छु’, आचार्यले रातोपाटीसँग भने । रास्वपाले समानुपातिक सूची बुझाउँदा आचार्यलाई खस आर्यतर्फको पहिलो नम्बरमा सिफारिस गरेको थियो । आचार्यसँगै रास्वपाबाट समानुपातिकबाट नाम फिर्ता लिएको घोषणा गर्नेहरूको सङ्ख्या १६ जना पुगेको छ ।

यसअघि सचिन ढकाल,डा.अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक, रामजी राम, सुदेश गुरुङ र महेन्द्र लावतीले पनि समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖