काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा निर्वाचन ल’ड्ने तयारी गरेको संकेत दिएका छन्।
यस सिलसिलामा उनले रास्वपा झापाका नेताहरूसँग छलफल गर्दै क्षेत्रको राजनीतिक अवस्था र समग्र जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका छन्।
रास्वपा झापाका कार्यवाहक सभापतिका अनुसार लामो छलफलपछि बालेनले आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा झापा–५ बाटै उम्मेदवार बन्ने आफ्नो तयारी गरेको बताएका छन् छन्।
