• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

एमाले अछाम इन्चार्जले छाडे पार्टी, नेकपामा सक्रिय हुने


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका पुराना नेता तथा अछाम जिल्ला इन्चार्ज भैरबबहादुर बोहोराले पार्टी छाडेका छन् ।

सोमबार बोहोराले एक वक्तव्य जारी गर्दै नेकपा एमालेको नेतृत्व सत्ता केन्द्रीत, अहङ्कारी र स्वेच्छाचारी भएर विपरीत सिद्धान्त र व्यवहार भएकाहरूसँग साँठगाँठ गर्न लागेको भन्दै पार्टी छाड्नुपरेको बताएका छन् ।

साथै उनले अबको यात्रा नेपाली कम्युनिस्ट पार्टीमार्फत हुने समेत जानकारी गराएका छन् । अछाम नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलको गृह जिल्ला हो ।

बोहोराको वक्तव्य राख्दै रावलले नेपालमा कम्युनिस्ट पार्टीको निर्माण र विकासमा अछामदेखि काठमाडौँसम्म लामो समय सहयात्रा गरेका बोहरासँग आजदेखि पुनः एउटै भावनाका साथ एउटै पार्टीमा अघि बढ्ने सङ्कल्प गरेका भन्दै खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖