काभ्रेकी संस्कृति श्रेष्ठ २२ वर्षको उमेरमै पाइलट बनेर हाल श्री एअरलाइन्सको जहाज उडाइरहेकी छन्।
उनी जिल्लाकै पहिलो कान्छी महिला पाइलट हुन्। सानैदेखि आकाशमा जहाज उडाउने सपना देखेकी संस्कृतिले अन्ततः आफ्नो सपना पूरा गरेकी छन्।
सानैदेखि पढाइमा अब्बल रहेकी उनले प्लस टु सकेपछि सन् २०२० मा साउथ अफ्रिका गएर दुई वर्षको पाइलट तालिम लिइन्। त्यसपछि लाइसेन्स लिएर नेपाल फर्केकी उनी अहिले श्री एअरलाइन्सको जहाज उडाइरहेकी छन्।
उनले नेपाली आकाशमा ८२ सिट क्षमताको विमानमार्फत हजारौँ यात्रुलाई सेवा दिइरहेकी छन्।
