काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन गत पुस २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ ।
विशेष महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता भइरहेको छ । अहिलेसम्म महामन्त्रीमा जगदिश नरसिंह केसीले मनोनयन दर्ता गराएका छन् ।
पदाधिकारीमा अरु कसैको पनि उम्मेदवारी नपरेको एक निर्वाचन समिति सदस्यले बताए । ‘अहिलेसम्म पदाधिकारीअन्तर्गत महामन्त्रीमा जगदीशनरसिंह केसीको उम्मेदवारी परेको छ ।
सभापति, उपसभापतिलगायतका पदमा अहिलेसम्म कसैले पनि मनोनयन दर्ता गराउनुभएको छैन,’- ती सदस्यले भने ।
