• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारमा गगनलाई अगाडि सार्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले भावी प्रधानमन्त्रीको रुपमा पार्टीले सभापति गगनकुमार थापालाई अगाडि सारिने बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलाले ‘भावी प्रधानमन्त्रीको रुपमा तपाईँहरु गगन थापालाई अगाडि सार्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘विलकूल ।’

महामन्त्री घिमिरेले सभापति थापासँग प्रधानमन्त्री बनेर देशलाई अगाडि बढाउने रोडम्याप रहेको बताए । उनले आफ्नो रोडम्याप सभापति थापाले केही समयपछि सार्वजनिक गर्ने पनि बताए ।

साथै, उनले पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पैसाले स्थान नपाउने बताए । युवाहरुलाई राजनीतिमा प्रोत्साहन गरिने पनि महामन्त्री घिमिरेले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖