• Wednesday 7th of October 2026

जब भाउजूको फोनमा पदमले म मरेँ भनेर म्यासेज गरे.


  • धनकुटा खबर
  • .

डोटी : डोटी जिल्लाको आदर्श गाउँपालिका-५, लामिखाल घर भएका पदम थापा सुदूरपश्चिम विश्वविद्यालयमा बिएस्सी एजी अध्ययन गर्थे। ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल जाने भन्दै भदौ २० गते घरबाट निस्केका थापा २६ गते त्रिभुवन विमानस्थलबाट इजरायल उडेका थिए।

ठूलो सपना बोकेर इजरायल उडेका थापालाई उनका जेठो दाइ दानबहादुर थापाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका थिए। ठूलो सपना लिएर इजरायल उडेका उनी सदाका लागि अस्ताएका छन्। उनका दाइ इन्जिनियर हुन्। उनी हाल आदर्श गाउँपालिकाका प्राविधिक शाखा प्रमुख छन्। भाइ घर फर्कियो भने म र भाइ दुवै काठमाडौं गएर थप अध्ययन गर्ने योजना रहेको उनका दाइले बताए। ‘नेपाल फर्केर भाइको लोकसेवा तयारी गरेर सरकारी सेवामा काम गर्ने योजना थियो, सबै सपना चकनाचुर भयो’, दान बहादुरले भने।

२२ वर्षीय पदम घरका कान्छा छोरा भएकाले पनि सबैका प्यारा थिए। उनी इजरायल गएपछि घरपरिवारसँग सधैंजसो सम्पर्कमा रहिरहन्थे। खाना खाँदा सधैं उनी आफ्नो भतिजीसँग भिडियोकल गरेर मात्रै खाने गर्थे। प्रत्येक दिन बिहान भाउजू मेखु अधिकारीसँग पनि उनको भिडियोकल भइरहन्थ्यो। तर, शनिबार भने कल नआउँदा भाउजूले आफैं कल गर्दासमेत रिसिभ नभएको र शनिबार दिउँसो करिब १ बजेतिर भाउजूलाई ‘म मरे’ भनेर उनकै फोनबाट म्यासेज आएको थियो।

इजरायलमा पेलेस्टाइन बिद्रोही समूह हमासले गरेको आक्रमणमा परी शनिबार दिउँसो उनी सदाका लागि अस्ताएका थिए। डोटीका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारीहरूले पनि थापाको परिवारलाई घरमै पुगेर समवेदना दिएका छन्। अन्नपूर्ण पोष्टले समाचार लेखेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖