• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बालेन र पारस जनकपुरको एउटै होटलमा


  • धनकुटा खबर
  • .

जनकपुरघाम । पूर्वयुवराज पारस शाह र काठमाडौंको मेयरबाट आजै राजीनामा दिएका रास्वपा वरिष्ठ नेता बालेन शाह जनकपुरघामस्थित एकै होटलमा बसेका छन् ।

उनीहरू यात्री निवासमा बसेका हुन् । पारस बेलुकी ९ बजे र बालेन पौने ५ बजे होटलमा प्रवेश गरेका थिए ।

पूर्वयुवराज पारसले पारिवारिक कामको सिलसिलामा जनकपुर आएको भनेका छन् । होटलका कर्मचारीसित कुरा गर्दा उनले केही दिन त्यहीँ बस्ने भनेका छन् ।

बालेन भने आसन्न निर्वाचनको तयारीमा जनकपुर आएका हुन् ।

होटल यात्री निवास वृहत्तर जनकपुर विकास समितिको स्वामीत्वमा छ । त्यसको व्यवस्थापन सोल्टी बिजिनेश ग्रुपले गरेको छ ।-नेपाल प्रेसबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖