काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले ११० जनाकै बन्दसूची पेश गरेको सार्वजनिक भएको छ ।
उनले पेश गरेको बन्दसूचीमा खस आर्यतर्फ पहिलो नम्बरमा अम्बिकादेवी संग्रौलाको नाम रहेको छ भने खस आर्यकै पुरुषतर्फ जीवन बिष्टको नाम रहेको छ ।
यस्तै आदिवासी जनजातितर्फ पहिलो नम्बरमा मन्दिरा मोक्तान र पुरुषतर्फ पूर्णप्रसाद लिम्बुको नाम समेटिएको छ । दलिततर्फ पहिलो नम्बरमा राधिका रम्तेलको नाम समेटिएको छ भने पुरुषतर्फ गोविन्द थापाको नाम समेटिएको छ ।



