काठमाडौँ । कात्तिक ९ गते मन्त्री भएका बब्लु गुप्ताले राजीनामा दिएका छन् । उनी युवा तथा खेलकुद मन्त्री थिए ।
पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो ।
अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।
रास्वपा परिष्ठ नेता बालेन्द्र शाहसहित मधेशको कार्यक्रममा सहभागी भइरहेका मन्त्री गुप्ताको सचिवालयले राजीनामा प्रधानमन्त्रीको सचिवालयमा पठाएको र आज बिदा भएकाले पेन्डिङमा रहेको जनाएको छ ।
