• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

‘कहाँ बसेर कुन माध्यमबाट टिकट बाँडिदैछ जानकारी छैन’:शेखर कोइराला


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कहाँ बसेर कुन माध्यमबाट प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका उम्मेदवारलाई टिकट बाँडिदैछ भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

सोमबार डा. कोइरालाको सचिवालयले विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापासँग मिलेर जाने भन्ने विषयमा अहिलेसम्म कुनै कुराकानी नभएको बताएको छ ।

‘आजसम्म विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिका कसैले पनि कुनै पनि माध्यमबाट डा शेखर कोइरालासँग सम्पर्क र कुराकानी गर्नुभएको छैन,’ डा. कोइरालाको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सचिवालयमा देशैभरबाट टिकट माग्न आउने नेताहरूको भिड लागे पनि विशेष महाधिवेशनबाट आएको नेतृत्वले यसबारे कुनै छलफल नगरेको र सम्पर्क पनि नगरेको कोइरालाको सचिवालयले बताएको छ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖