काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको क्षेत्रमा टिकट होल्डमा राखेका छन् ।
सभापति थापा निकट स्रोतका अनुसार देउवा निर्वाचन लड्दै आएको डडेलधुरा र खड्का निर्वाचन लड्दै आएको सुर्खेत क्षेत्र नम्बर १ मा टिकट होल्डमा राखिएको हो ।
दुवै नेताहरूसँगको परामर्शमा मङ्गलबार बिहानसम्म टिकटको टुङ्गो लगाउने सभापति थापा निकट स्रोतले जानकारी दियो ।
त्यो बाहेक बागमती र मधेस प्रदेशका अधिकांश जिल्लाहरूमा उम्मेदवार टुङ्ग्याउन बाँकी रहेको थापाको सचिवालयले जानकारी दिएको छ ।
