• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ताको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौँ । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् ।

फागुन २१ गते हुन लागेको निर्वाचनका लागि डा. भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि, निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएको थियो ।

तर, सो क्षेत्रका अन्य दलका उम्मेदवारहरूले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि भट्टराईले आफ्नो निर्णय पुनर्विचार गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖