• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा भारतको प्रयोजनमा बनेको पार्टी हो : हर्क साम्पाङ


  • धनकुटा खबर
  • .

सुर्खेत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा भारतको प्रयोजनमा बनेको पार्टी भएको बताएका छन् । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरीय सङ्गठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा उनले पुराना दलबाट अब देशको निकास सम्भव नभएको बताए । ‘त्यसो हुँदा उनीहरूलाई भोट नदिनुहोस्,’ उनले भने । साथै उनले नयाँ दलहरूमाथि पनि प्रश्न उठाए । नयाँ दल र आफ्नो श्रम संस्कृति पार्टीबिच तुलना गर्नुपर्ने बताए ।

‘रास्वपाले स्वाधीनताको पक्षमा कहीँ बोलेको छैन, रास्वपा भारतको प्रयोजनमा बनेको पार्टी हो,’ उनले आरोप लगाए । साम्पाङले बालेन साह, रवि लामिछाने र कुलमान घिसिङलाई विभिन्न प्रश्न सोध्दा उनीहरूले जवाफ नदिएको पनि बताए ।

‘जेनजी आन्दोलन’ का बेला तीन करोड जनतामध्ये आफूले मात्रै देश सम्हाल्ने ताकत देखाएको उनले बताए । साथै उनले देशमा इमानदार नेतृत्वको खाँचो रहेको पनि बताए । देश बनाउने स्पष्ट भिजन श्रम संस्कृति पार्टीसँग मात्र रहेको र अन्य कुनै नेतासँग त्यो भिजन नभएको ठोकुवा उनले गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖