• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

ओली र बालेन भिड्ने ‘झापा–५’ मा कति छन् मतदाता ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ नम्बर क्षेत्र यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चाको केन्द्र बनेको छ ।

यो निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहसमेत यसै क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

ओली एमालेबाट ‘भावी प्रधानमन्त्री’का रूपमा चुनाव अभियानको नेतृत्व गर्दैछन् भने रास्वपाले बालेनलाई ‘भावी प्रधानमन्त्री’का रूपमा घोषणा गरिसकेको छ । त्यसैले दुई ‘भावी प्रधानमन्त्री’ एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी बन्दा सर्वत्र चासो बढेको हो ।

झापा क्षेत्र नम्बर ५ मा कमल गाउँपालिकाको ७ वटा वडा, गौरादह नगरपालिकाको ८ वटा वडा, गौरीगञ्ज गाउँपालिकाको चार वटा वडा र दमक नगरपालिकाको १० वटै वडा पर्दछन् । यो निर्वाचन क्षेत्रमा एक लाख ६३ हजार ३७९ जना कुल मतदाता छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖