• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

झापा–५ जनताले बालेन शाहलाई जिताउने कुरामा मलाई पटक्कै विश्वास छैन, ओलीलाई जनताको बलियो साथ छ : विष्णु रिजाल


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले चुनावी प्रतिष्पर्धामा होमिएको एमाले अहिले एक ढिक्का रहेको दाबी गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा गएकोले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने पनि दाबी गरे ।

आज (मंगलबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई पूरा गर्नको लागि एमालेले बहुमत पाउनुपर्ने आफूहरुको मान्यता रहेको बताए । उनले आफूहरु देश निर्माणको एजेण्डामा जनतासँग मत माग्ने पार्टी भएकोले भाईरल र चटकमा विश्वास नगर्ने बताए ।

उनले अध्यक्ष केपी शर्मा ओली झापा–५ मा २०४८ सालदेखि (०६४ मा बाहेक) जित्दै आएको र सो क्षेत्रमा आवश्यकभन्दा बढि विकास भएको भनेर आलोचना हुने गरेको स्मरण गराए । उनले सो क्षेत्रमा ओलीको पकडलाई कसैलेपनि दुई÷चार दिनको हो–हल्लाको भरमा उखेल्न नसक्ने ठोकुवा गरे । सो क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारलगायतको विकासमा ओलीले अमिट छाप छोेडेको उनको तर्क छ ।

चुनावी प्रतिष्पर्धामा बालेन शाहले अध्यक्ष ओलीलाई चूनौति दिएको विषयलाई अन्यथा नठानेको उनको भनाई छ । उनले झापा–५ का जनता सचेत रहेको भन्दै बालेन शाहलाई जिताउने कुरामा आफूलाई पटक्कै पनि विश्वास नभएको स्पष्ट पारे । अहिले बालेनको पक्षमा लागेको भिड त हेर्नको लागि मात्रै भएको उनको व्यंग्य छ ।

उनले भने,‘केपी ओलीसँग प्रतिष्पर्धा गर्दा अलिक बढि चर्चा पाईन्छ, बढि चर्चामा आईन्छ भन्ने पनि होला, अथवा केपी ओलीलाई हराउन सकियो भने कुनै हिसाबले नेता भईन्छ भन्नेपनि होला, तर जनताको बलियो साथ त केपी ओलीलाई छ । अघिल्लो निर्वाचनमा पनि उहाँलाई अन्य दलले पनि मत दिएका छन् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖