काठमाडौ । रास्वपाका नेता खगेन्द्र सुनारले गाई का टेर खान पाउनुपर्ने भनी आफूले नभनेको स्पष्टिकरण दिएका छन् ।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले यस्तो स्पष्टिकरण दिएका हुन् । आफू शाकाहारी रहेको बताउँदै उनले लेखेका छन् : म शुद्ध साकाहारी हुँ । कुनै पनि पशुपंक्षी हत्याको पक्षमा छैन । सबैको धार्मिक आस्था र सामाजिक सद्भावको सम्मान गर्दछु ।
पछिल्लो समय सामाजिक सञ्जालमा प्रविधिको प्रयोग गरी मेरो फोटोरभिडियो हालेर राष्ट्रिय जनावर गाई खानुपर्छ भन्ने भावको अडियो सार्वजनिक गरी बदनाम गराउने विपक्षीको क्रियाकलाप प्रति हामी सचेत छौं ।
भाई मारेकाले गाईको मुद्दा उठाएर भाईको मुद्दा दबाउन खोज्दैमा हामी भाग्दैनौं । साकाहारी जोगीलाई मासुको आरोप सुहाउँदो भएन । भिडियो सत्य हैन । राष्ट्र र राष्ट्रियता प्रति सदैव प्रतिबद्ध छु ।
