• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बालेनले फेरी कसैले शहीद बन्नु नपरोस् भन्दै यसरी सम्झे सहिदहरुलाई…


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई नभएको बताएका छन् । शहीद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

‘राणा शासनको अन्त्यको माग गर्दै सङ्घर्ष गर्ने गङ्गालाल श्रेष्ठ, दशरथ चन्द , धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ । त्यसको दश वर्षपछि राणा शासनको अन्त्य भयो तर राज्य जनताको बन्न सकेन । यसपछि पनि नेपाली जनताले निरन्तर सङ्घर्ष गरिरहनु पर्‍यो । ८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन, उनले सन्देशमा भनेका छन् । ‘

उनले भनेका छन्– ‘८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्‍यो । अहिले हामी ती शहीदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौँ । लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ । राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ । अब समय आएको छ–शहीदका रगतलाई सम्मान गर्दै वहाँहरूको सपना पुरा गर्ने । सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने । ‘

फेरी कसैले शहीद बन्नु नपरोस् भन्दै शाहले सम्पूर्ण शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

लेखेका छन्-

राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द , धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालिन राज्यले क्रुरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ ।

त्यसको दश वर्षपछि राणा शासनको अन्त्य भयो तर राज्य जनताको बन्न सकेन ।

यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु पर्‍यो ।
८५ वर्षमा पटक-पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन ।
पटक-पटक नेपाली जनता शहीद भए तर शहीदका सपना पुरा हुन सकेनन् । ८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्‍यो ।

अहिले हामी ती शहीदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौं ।
लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रुपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ ।

राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ ।
यी शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामीकसैलाई छैन ।
अब समय आएको छ- शहीदका रगतलाई सम्मान गर्दै वहाँहरुको सपना पुरा गर्ने ।

सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने ।
यसपटकको शहीद दिवस सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको स्मरण गर्दै वहाँहरुको बलिदानीलाई सार्थक पार्न मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो ।

फेरी कसैले शहीद बन्नु नपरोस्!
सम्पूर्ण शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली,सम्मान ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖