• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बालेनको चुनाबी अभियानमा दुर्घटनामा परेका सिटौलाको अवस्था गम्भीर, आइसीयुमा उपचार हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाबी अभियानमा बरिष्ठ नेता बालेन शाहसँगै सुदुरपश्चिम गएका बेला दुर्घटनामा परेका दिनेश सिटौलाको आइसीयुमा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

शुक्रबार बिहान बझाङबाट अछाम जाँदै गर्दा गाडीबाट ओर्लिने क्रममा लडेर सिटौलाको टाउकोमा चोट लागेको थियो। उनलाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सकका अनुसार टाउको ठोक्किँदा उनको मस्तिष्कनजित रक्तस्राव भएकोले उनलाई सफ्ट स्ट्रोक भएको थियो । प्रारम्भिक जाँचपछि उनलाई आइसीयूमा राखिएको छ । विस्तृत जाँच हुन बाँकी नै छ । उनको अवस्था अहिले स्थिर रहेको डाक्टरले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖