• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पूर्व नेता गद्दाफीका छोराको गोली हानी हत्या


  • धनकुटा खबर
  • .

त्रिपोली । लिबियाका पूर्व शासक कर्नेल मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफीको गोली हानी हत्या गरिएको दाबी गरिएको छ । लिबियाली समाचार एजेन्सीले उनका टोली प्रमुखलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

चार जनाको सशस्त्र समूहले जिन्तान सहरस्थित उनको घरमा आक्रमण गरेर हत्या गरेको उनका वकिलले एएफपीलाई बताए । तर आक्रमणकारी को थिए भन्ने अझै स्पष्ट भएको छैन । यद्यपि, सैफकी बहिनीले फरक दाबी गरेकी छिन् । उनले लिबियाली टेलिभिजनमा भनेअनुसार सैफको मृत्यु लिबिया–अल्जेरिया सीमा क्षेत्र नजिक भएको थियो ।

सैफ अल–इस्लामलाई लामो समयसम्म उनका बुबापछि लिबियाको सबैभन्दा प्रभावशाली नेता र सम्भावित उत्तराधिकारी मानिन्थ्यो । पिता मुअम्मर गद्दाफीले सन १९६९ देखि २०११ सम्म शासन गरेका थिए र विद्रोहका क्रममा मारिएका थिए । सन १९७२ मा जन्मिएका सैफले २००० देखि गद्दाफी शासन पतनसम्म पश्चिमी देशसँग सम्बन्ध सुधार्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । तर २०११ को जनआन्दोलन दबाउन भूमिका खेलेको उनीमाथि आरोप लाग्यो ।

गद्दाफीको पतनपछि सैफलाई जिन्तानमा प्रतिद्वन्द्वी मिलिसियाले करिब छ वर्ष बन्दी बनाएको थियो । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले मानवताविरुद्धको अपराधमा उनलाई मुद्दा चलाउन खोजेको थियो भने २०१५ मा लिबियाली अदालतले अनुपस्थितिमै मृत्युदण्ड सुनाएको थियो । औपचारिक पद नभए पनि उनी सरकारको नीति निर्माण र अन्तर्राष्ट्रिय वार्तामा प्रभावशाली थिए, जसमा लिबियाको परमाणु कार्यक्रम रोक्ने सम्झौता पनि पर्थ्यो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖