• Sunday 4th of October 2026

पल शाहको फिल्मले कमायो १ करोड ९० लाख


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली फिल्म ‘आ बाट आमा’ले घरेलु बक्सअफिसमा १ करोड ८० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।

चन्द्र पन्त निर्देशित यो सोसल–ड्रामा फिल्मले १६ माघदेखि देशव्यापी प्रदर्शन सुरु गरेको थियो। यसमा पल शाह, बिपना थापालगायत प्रमुख भुमिकामा छन्।

 

फिल्मको यो कमाइ चलचित्र विकास बोर्डको सिनेपा: बक्सअफिस विवरण अनुसार मंगलबार दिउँसो १ बजेसम्मको हो।

‘आबाट आमा’ले छोरा–अभिभावक सम्बन्ध, युवा किन विदेशिन बाध्य हुन्छ, र त्रिकोणात्मक प्रेम कथाजस्ता सामाजिक तथा पारिवारिक विषयलाई केन्द्रमा राखेको छ।

 

 

मुख्य भूमिकामा पल शाहसहित प्रदीप रावत र विपना थापा छन्।

दर्शकहरूले फिल्मको कथावस्तु, अभिनय र भावनात्मक प्रस्तुतीलाई सकारात्मक प्रतिक्रिया दिएका छन्।

 

आलोचकहरूले पनि फिल्मलाई सामाजिक सन्देश र पारिवारिक सम्बन्धको चित्रणमा सफल बताउँदै उच्च मूल्याङ्कन गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖