• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कानुनी प्रक्रियालाई संधै सम्मान गर्छु,अदालतबाट न्याय पाउनेमा बिश्वास्त छु:रबि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आफूमाथि लागेका अभियोगमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्। बिहीबार जिल्ला अदालत कास्की, पोखरामा तारिख बुझ्न पुगेका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै न्यायालयप्रति पूर्ण भरोसा रहेको बताएका हुन्।

लामिछानेले विभिन्न अदालतमा मुद्दा दायर भएकाले तारिख बुझ्न आफैं उपस्थित हुनुपर्ने अवस्था रहेको बताए। “मुद्दा दायर भएका अदालतमा तारिख बुझ्न आफैं उपस्थित हुनुपर्ने भएकाले सोहीअनुसार तालिका बनाएर समय व्यवस्थापन गरिरहेको छु,” उनले भने।

उनले सबै नागरिकले न्याय अदालतबाटै पाउने भएकाले कानुनी र अदालती प्रक्रियालाई आफूले सदैव सम्मान गर्ने बताए। आफूहरू कानुनी राज्य स्थापना गर्न हिँडेको भन्दै उनले कानुनी प्रक्रियालाई इमानदारीपूर्वक बहन गर्ने प्रतिबद्धता व्यक्त गरे।

सभापति लामिछानेले अदालतमा उपस्थित हुनु आफ्नो दायित्व भएको उल्लेख गर्दै कानुनी प्रक्रियाबाटै सत्य स्थापित हुने विश्वास व्यक्त गरे। उनले कुनै पनि विषयमा कानुनी बाटो नै सही उपाय भएको दोहोर्‍याउँदै न्यायालयप्रतिको सम्मान कायम रहने बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖