• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

किन गरियो मोदी सवार विमानलाई राजमार्गमा अवतरण ?


  • धनकुटा खबर
  • .

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सवार भारतीय वायुसेनाको सी–१३०जे सुपर हरक्यूलिस विमान आसाम राज्यको डिब्रुगढस्थित मोरान बाइपास सडकमा अवतरण गरेको छ ।

उक्त विमानले ‘इमरजेन्सी ल्यान्डिङ फेसिलिटी’ (ईएलएफ)सहितको राजमार्गमा अवतरण गर्दै पूर्वोत्तर भारतमा नयाँ पूर्वाधार प्रयोगको सुरुवात गरेको हो । करिब साढे ४ किलोमिटर लामो यो विशेष सडक खण्ड करिब १ सय करोड भारतीय रुपैयाँ लागतमा निर्माण गरिएको बताइएको छ ।

सामान्य अवस्थामा सवारीसाधन सञ्चालन हुने यो सडक आपत्कालीन अवस्थामा भने विमानस्थलको रनवेका रूपमा प्रयोग गर्न सकिन्छ । भारतीय सञ्चारमाध्यमहरूले यसलाई रणनीतिक रूपमा महत्वपूर्ण उपलब्धि भनेका छन् ।

चीनसँग सीमा जोडिएको क्षेत्रमा यस्ता संरचनाले सुरक्षा तथा विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारतले यसअघि राजस्थानको एनएच–९२५ ए लगायत स्थानमा पनि यस्ता सुविधा सञ्चालनमा ल्याइसकेको छ ।

देशभर २८ वटा इमरजेन्सी ल्यान्डिङ फेसिलिटी निर्माण गर्ने योजना सार्वजनिक गरिएको छ । भारतले रणनीतिक पूर्वाधारमा तीव्रता दिइरहँदा नेपालमा भने राजमार्ग विस्तार र स्तरोन्नतिका काम चलिरहे पनि हाइवे–रनवे अवधारणा अझै कार्यान्वयनको प्रतीक्षामै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖