• Wednesday 7th of October 2026

पाइलटलाई बेहोस अवस्थामा ह्याम्स अस्पताल ल्याइयो


  • धनकुटा खबर
  • .

काठमाडौ । सोलुखुम्बुकाे रुम्झाटारबाट लुक्कातिर उड्दैगर्दा लोबुचेमा हेलिकप्टर दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्। दुर्घटनामा परी पाइलट प्रकाश सेढाई सामान्य घाइते भएका छन्। उनी सुरक्षित छन्। स्राेतकाअनुसार हेलिकप्टरमा पाइलट मात्र थिए, यात्रु थिएनन्।

दुर्घटनापछि फिस्टेल एअरको हेलिकप्टरले घाइते पाइलटलाई उद्धार गरेकाे विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दले जनाएका छन्। घाइते पाइलट सेढाईलाई थप उपचारको लागि काठमाडौंस्थित हेम्स अस्पतालमा ल्याइँदैछ।

दुर्घटनामा परेको मनाङ एयरका पाइलट प्रकाश सेढाईलाई उपचारका लागि काठमाडौँको ह्याम्स अस्पताल ल्याइएको छ। घाइते पाइलट सेढाईलाई बेहोस अवस्थामा ह्याम्स अस्पतालमा उपचारका लागि हेलिकप्टरमार्फत् ल्याइएको मनाङ एयर स्रोतले जानकारी दिएको छ।

मनाङ एयरको हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको हो। हेलिकप्टरमा पाइलट प्रकाश सेढाई एक्लै थिए। मनाङ एयर स्रोतका अनुसार हेलिकप्टर लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖