बिर्तामोड। News 24 ले बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा आयोजना गरेको निर्वाचन विशेष ‘इलेक्शन डिबेट’ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार इन्दिरा राना मगर अनुपस्थित भएपछि कार्यक्रममै आलोचना भएको छ।
झापा–२ मा आयोजित उक्त डिबेटमा अन्य दलका उम्मेदवार उपस्थित रहे पनि रास्वपाकी उम्मेदवार नआएपछि सहभागीहरूले प्रश्नबाट पन्छिएको टिप्पणी गरेका थिए।
यसअघि झापा–५ मा बालेन शाह र क्षेत्र नं. ३ मा प्रकाश पाठक पनि डिबेटमा अनुपस्थित भएका थिए।
रास्वपाका उम्मेदवार नआएको विषयमा सर्वसाधारणले चासो व्यक्त गरेका छन्।
