• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बालेन शाह देशको आवश्यकता हो, प्रधानमन्त्री नबने आत्मदाह गर्छु : अमरेशकुमार


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार अमरेशकुमार सिंहले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नबने आफू आत्मदाह गर्ने चेतावनी पुनः दोहोराएका छन् ।

बिहीबार घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सिंहले यसअघि दिएको विवादास्पद अभिव्यक्तिमा आफू अझै अडिग रहेको स्पष्ट पारेका हुन् ।

उनले बालेन शाह प्रधानमन्त्री नबने आफू आत्मदाह गर्ने पुरानो अभिव्यक्तिलाई फेरि दोहोराए ।

‘बालेन शाह प्रधानमन्त्री भएनन् भने मात्र म आत्मदाह गर्छु,’ सिंहले भने, ‘यो मैले आफ्नो लागि होइन, देशका लागि बोलेको हो। बालेन शाह देशको आवश्यकता हो, गरिबको आवश्यकता हो।’

सिंहले देशमा बढ्दो बेरोजगारी, युवाहरूको विदेश पलायन तथा शिक्षा क्षेत्रमा देखिएको समस्यालाई उल्लेख गर्दै सुधारका लागि बालेन शाहको नेतृत्व अपरिहार्य रहेको दाबी गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖