• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

राजधानी काठमाडौँमा वायुको गुणस्तरको अवस्था निकै दयनीय, विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजधानी काठमाडौँमा वायुको गुणस्तरको अवस्था निकै दयनीय रहेको छ । हाल काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ५ स्थानमा रहेको हो ।

वायु प्रदूषण्को तथ्यांक राख्ने आईक्यू एयरका अनुसार शुक्रबार बिहान काठमाडौँको एक्यूआई १८२ रहेको छ । यसको अर्थ काठमाडौँको वायुको गुणस्तर ‘अस्वस्थ’ रहेको छ ।

० देखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै, ५१ देखि १०० एक्यूआईसम्मको हावाको गुणस्तरलाई मध्यम मानिन्छ ।

काठमाडौँको हावामा पीएम२.५ को कन्सन्ट्रेसन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १६.५ गुणा बढी रहेको आईक्यू एयरको तथ्यांकले देखाएको छ । काठमाडौँ उपत्यकाको त्रिपुरेश्वर, बालकोट, कोटेश्वर, कुमारीपाटीलगायत क्षेत्रमा सबैभन्दा धेरै वायु प्रदूषण मापन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖