• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा परित्याग गरेपछि पूर्व डीआईजी रमेश खरेल नेपाली कांग्रेसको चुनावी अभियानमा


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन ८ । नेपाली कांग्रेसले विहिबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजना गरेको ‘सभापतिसँग प्रश्नोत्तर’ कार्यक्रममा देखिएका नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल आज नेपाली कांगेसको चुनावी घरदैलो कार्यक्रममा सहभागी छन् ।

२०८० वैशाखएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नम्बर २ मा उठेका खरेलले कांग्रेसमा प्रवेश गरेको नखुलाएपनि आज काभ्रेपलाञ्चोक २ का नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यले पाँचखालमा आयोजना गरेको चुनावी कार्यक्रममा सहभागी भएका छन् ।

पूर्व डिआइजीसमेत रहेका खरेल विहिबार कांग्रेसले आयोजना गरेको कार्यक्रमको अग्रपंक्तिमा देखिएका थिए ।

उनी बारा–२ मा जनता समाजवादी पार्टी जसपाका उपेन्द्र यादवसँग पराजित भएका थिए ।यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्दै डा.प्रणय राणा कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖