• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एमालेको नारा लगाउँदै दाङमा रास्वपा सम्पर्क कार्यालय तोडफोड


  • धनकुटा खबर
  • .

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं. ३ को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ ।

तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साझ करिब ६ बजेतिर नेकपा एमालेका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । रास्वपाका क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीले पार्टी कार्यालय तोडफोड भएको बताए ।

‘पार्टीको सम्पर्क कार्यालय तोडफोड गरिएको रहेछ,’ कमल सुवेदीले अनलाइनखबरसँग भने, ‘कसले, किन गरेको बुझ्दैछुँ ।’

उक्त तोडफोडको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनकि भएको छ । जसमा युवा संघ र एमालेको नारा लगाउँदै केही युवाहरुले तोडफोड गरेको देखिन्छ ।

बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

त्यसपछि एमालेले सो विषयमा गम्भीर आपत्ति जनाएको थियो । सोही विषयलाई लिएर विवाद उत्पन्न भएको छ । त्यस विषयलाई एमालले कार्याकर्ताले तोडफोड गरेको हुन सक्ने उनले बताए ।

इलाका प्रहरी तुलसीपुरका डीएसपीले भने तोडफोड हुन नपाएको बताए । ‘ब्यानर च्यातेर तोडफोडको प्रयास गरिएको रहेछ । हामीले रोकेर ठूलो तोडफोड हुन दिएनौं’, डिएसपी होमबहादुर पराजुलीले भने, कसले गरेको भनेर खुलेको छैन ।’

एमाले कार्यालयनजिकै भएकाले युवा संघले गरेको हुन सक्ने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖