• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस महामन्त्री (महिला)मा डिलाको मतान्तर ११९ पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री (महिला) पदको मतगणनामा डा. डिला सङ्ग्रौलाले महालक्ष्मी उपाध्याय ‘डिना’सँगको मतान्तर बढाएकी छन्।

३ हजार ४३५ मत गणना हुँदा डा. सङ्ग्रौलाले १ हजार ५१७ मत प्राप्त गरेकी छन् भने उपाध्यायले १ हजार ३९८ मत पाएकी छन्। उनीहरूबीचको मतान्तर ११९ पुगेको छ।

यसअघि २ हजार २३१ मत गणना हुँदा सङ्ग्रौलाले ९६५ र उपाध्यायले ९५२ मत प्राप्त गरेकी थिइन्। त्यतिबेला उनीहरूबीचको मतान्तर १३ मात्रै थियो।

महामन्त्री (महिला) पदमा एक जनामात्र निर्वाचित हुने व्यवस्था रहेको कांग्रेसमा अर्की उम्मेदवार रिता खनाल पनि प्रतिस्पर्धामा छिन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖