डडेल्धुरा: नेकपा ‘बहुमत’ का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’को गिरफ्तारी र प्रधानमन्त्रीको निर्वाचन हिष्कारबारे अराजनीतिक र निकृष्ट अभिव्यक्ति दिएको भन्दै देशभर सहित डडेल्धुराका विभिन्न ठाउँमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको पुत्ला दहन गरेको छ ।
जिल्लाका ४ ठाउँमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरिएको नेकपा बहुमत डडेल्धुराले जनाएको छ ।
उक्त पार्टीले फागुन २१ मा हुन गइरहेको निर्वाचन बहिस्कार गरेको छ । सुरक्षा निकायले सो पार्टीका नेता तथा कार्यकर्ता माथि निगरानी गरिरहेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कार गरेको पार्टीले मंगलबार, फागुन ५ गते नेपाल बन्द आह्वान गरेको थियो । प्रहरीको काठमाडौंँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले मंगलबार नै बास्तोला र बिष्णुप्रशाद तिमिल्सिनालाई पक्राउ गरेको थियो ।
