• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ललितपुरमा‌ रास्वपा-कांग्रेस र नेकपा परित्याग गरी १ सय ३०‌ नेता-कार्यकर्ता गरे एमालेमा प्रवेश


  • धनकुटा खबर
  • .

ललितपुर, फागुन १५ । चुनावको मुखैमा ललितपुरमा‌ रास्वपा, कांग्रेस र नेकपा परित्याग गरी १ सय ३०‌ नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन । कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र रास्वपा परित्याग गरी १ सय ३० जना अगुवाहरू नेकपा एमालेमा प्रवेश गरेका हुन ।

गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा चुनावको मुखैमा एमालेमा पार्टि प्रवेश गर्नेको लर्को लागेको हो ।ललितपुर-१ का एमाले उम्मेद्वार चेतनाथ सञ्जेललाई जिताउन उनीहरू एमाले प्रवेश गरेका हुन।

एमालेका ललितपुर जिल्ला इन्चार्ज हरिकृष्ण ब्यञ्जनकार, ललितपुर क्षेत्र नम्बर १ निर्वाचन कमाण्डर शुसीला नेपाल, बाग्मती प्रदेश सभाका कृषि तथा पशुपन्छी मन्त्री मधुसुधन पौडेल, निर्वाचन सहकमाण्डर नवराज सिलवाल, केन्द्रीय सदस्य तारा सञ्जेल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य र उम्मेद्वार सञ्जेलले नवप्रवेशीलाई टीका, माला, खादा, अविर, टोपी लगायर स्वागत गर्नुभयो ।

स्थानीय यूवा नेता रमेश पहारी र यूवा उद्यमी अभय न्यौपानेको विशेष पहलमा सो संख्यामा ब्यक्तिहरु अन्य पार्टि परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् । कोड्कुमा बिहीबार साँझ भएको कार्यक्रममा पार्टि प्रवेश गर्नेहरु २ पटक अरुलाई हे¥यौँ अब एमालेलाई हामी साथ दिन्छौँ भनिरहेका छन् ।

पार्टी प्रवेश गर्नेदेखि पार्टी प्रवेश गराउने सबै समृद्ध बडिखेलको नारामा एकमत भएका छन् । स्थानीय मैयाँ पहारीले यहाँका जनताले अझ सुलभ खानेपानी, एम्वुलेन्स , धार्मीक पर्यटनको विकास , ब्यवस्थीत ढल निर्माण र स्तरीय दिगो सडक खोजेको बताउनुभयो ।

उम्मेद्वार सञ्जेलले बडिखेलको यो उत्साहले आफूलाई धेरै उर्जा मिलेको बताउनुभयो। जुन विश्वासका साथ पार्टि प्रवेश गर्नुभएको छ , तपाइको विश्वास मर्न म दिन्न,’ सञ्जेलले भन्नुभयो, ‘यहाँको गुणस्तरीय शिक्षा, लघु उद्यमको विकास, धार्मीक पर्यटन, सडकको स्तर उन्नतीलाई प्राथमिकतामा राख्नुपर्छ ।’

उहाँले बडिखेलमा रहेको सीप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा चिनाउनका लागी पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कच्चा पदार्थमा समस्या छ कि यसको बजारीकरणमा कठिनाइ छ त्यसको पहिचान गर्दै आत्मनिर्भर बनाउने प्रयास गरिनेछ,’ उहाँले भन्नुभयो।

क्षेत्रको निर्वाचन सह कमाण्डर एवं पूर्व प्रतिनिधी सभा सदस्य नवराज सिलवालले बडिखेलको यो माहोलले पुरै क्षेत्रमा तरङ्ग ल्याएको बताउनुभयो। ‘यो राम्रो माहोल छ तर आज यता अनि भोली फेरी तानातान गरेर अन्त नजानुहोला,’ उहाँले भन्नुभयो, ‘चुनावका लागि केही दिन बाँकी छ, जुन विश्वास लिएर आउनुभएको छ त्यो पूरा हुन्छ तर आफैले आफैलाई विश्वास मार्ने काम नगर्नुहोला अरु पार्टिले प्रलोभन देखाउनसक्छन् सचेत हुनुहोला ।’

जिल्ला अध्यक्ष आचार्यले एक हप्ता तपाइहरु चेतनाथजीलाई जिताउन लाग्नुहोस् ५ वर्ष उहाँलाई खटाउने जिम्मा ललितपुर एमालेको भएको बताउनुभयो ।

ललितपुर क्षेत्र नम्बर १ मा रहेका ३ वटा गाउँपालिका र गोदावरीका १२ वटा वडामा यसअघि सबैभन्दा कमजोर आँकलन गरिएको बडिखेलमा अन्य पार्टिबाट एमालेमा भएको प्रवेशले बलियो दिशामा लगेको स्थानीय नेता कुमार तिमल्सिनाले बताउनुभयो ।

गोदावरी वडा नम्बर ४ बडिखेलको निर्णायक मत कोड्कुका पहारी समुदायको रहेको छ । यही समुदायको निर्णायक मतबाट २०७४ मा माओबादीका मुकुन्द पहारी र २०७९ मा सानुभाई नगरकोटी वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖