• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

उम्मेदवारी निष्क्रिय पारेर जनार्दनलाई समर्थन


  • धनकुटा खबर
  • .

काठमाडौं। रूकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन्।

उनले सो क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने भएका छन्।

शर्मालाई नेकपा (एमाले) को पनि समर्थन छ। कुलमान घिसिङ नेतृत्वको उनेपाको पनि साथ पाएपछि जनार्दनले आफूलाई अझै बलियो महशुस गरेका छन्।

यो क्षेत्रमा जनार्दन र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्माको बीचमा कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖