• Thursday 8th of October 2026

शेखरले कोशीमा चालेको कदमको परिणाम एक महिनाभित्रै भोग्नुपर्छ :कांग्रेस सांसद कान्छाराम


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेस सांसद कान्छाराम तामाङले कोशी प्रदेशमा पार्टीको निर्णयविरुद्ध चलेकोमा नेता डा। शेखर कोइरालाले एक महिनाभित्रै भोग्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीभित्र एकलौटी हिसाबले कोही चल्न नहुने बताए।

उनले भने, ‘कोशी प्रदेशमा जस्तो शेखर कोइरालाको कार्यक्रम सातै प्रदेश र संघमा पनि सफल भयो भने त सर्वमान्य हिरो होला तर, यो कार्यक्रम सफल पारेन भने शेखर जति अरू कसैले दुख पाउँदैन पार्टी। आफ्ना सांसदलाई मुख्यमन्त्री बनाएपछि कि यो बिपी कोइराला भन्दा ठूलो भयो कांग्रेसभित्र कि सबैभन्दा धुलो भयो विचार गर्नुहोला। यस्तो काममा सल्लाह गर्नुपर्‍यो। पार्टीभित्र सभापतिसँग छलफल गर्नुपर्‍यो।’

उनले पार्टीभित्र सहमति नचले आफूहरू जस्तै ४५ जना मान्छे खोजेपछि संसदीय दलको नेताबाट देउवालाई हटाउन सकिने बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖