• Thursday 8th of October 2026

केदार कार्कीले इमान कायम राख्दासम्म दरिलो साथ दिन्छौं :एमाले


  • धनकुटा खबर
  • .

काठमाडौं,२७ असोज । कोशी प्रदेशमा लामो रस्साकस्सी र अन्यौलतालाई चिर्दै नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेसका ८ र एमालेका ३९ सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

सत्ता गठबन्धन र आफ्नै पार्टीको समेत साथ नपाएका कार्की मुख्यमन्त्री नियुक्त हुनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको मुख्यमन्त्री केदार कार्की हो हामी उहँलाई विश्वासको मत दिन्छौं भनेपछि नेकपा एमाले झस्किएको छ ।

यद्यपि एमालेले भने केदार कार्कीले आफ्नो इमान राख्दासम्म दरिलो साथ दिने प्रतिवद्धता जनाएको छ । शनिबार प्रेस चौतारी सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धन असफल भएकाले आफूहरुले नयाँ प्रयास गरेको बताएका छन् ।

उनले भने, ‘अहिलेको गठबन्धन असफल भएको परिप्रेक्षमा कोशीले एउटा उदाहरण दिनुपर्छ भन्ने कुरा हाम्रो रहेको छ। यद्यपि सत्ता गठबन्धन सरकार भत्काउने दाउपेचपूर्ण राजनीतिमा जान खोजेको छ। जसको जगमा सरकार निर्माण भएको छ त्यसलाई भत्काउने प्रपञ्च सुरु भइसकेको छ। मुख्यमन्त्री जसको जगमा हुनुभएको छ उहाँले आफ्नो इमान कायम राख्नुहुन्छ भन्ने ठान्छु। उहाँ इमानदारितापूर्वक अगाडि बढेसम्म हाम्रो साथ रहन्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖