काठमाडौ । गण्डकी प्रदेशका पूर्व सांसद राजीव गुरुङ (दीपक मनाङे) कैद सजाय भुक्तान गरेर रिहा भएका छन्। ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे बुधबार कैद अवधि पूरा भएपछि छुटेका हुन्।
मनाङेमाथि २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगञ्ज मा ‘चक्रे मिलन’ भनेर चिनिने मिलन गुरुङ माथि खुकुरी प्रहार गरेको अभियोग लागेको थियो। सो घटनामा पाटन उच्च अदालत ले उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।
उक्त मुद्दामा बाँकी रहेको १ वर्ष ४ महिना कैद सजाय पूरा गरेपछि उनी रिहा भएका हुन्। यसअघि उनले विभिन्न चरणमा दुई वर्ष आठ महिना कैद भुक्तान गरिसकेका थिए।
पछि सर्वोच्च अदालत ले २०८१ कात्तिक २० गते उच्च अदालतको फैसला सदर गरेपछि मनाङे २०८१ कात्तिक २७ गते पक्राउ परेका थिए। कैद अवधिमा उनलाई २० प्रतिशत कैद छुट सुविधा पनि दिइएको थियो।
