• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

योगेशलाई जिम्मेवारी नदिएको आरोपप्रति एमाले महासचिवले मुख खोले


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन ३० । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी उपमहासचिव योगेश भट्टराईलाई निर्वाचनको बेला जिम्मेवारी नदिएको विषयमा मुख खोलेका छन् ।

उपमहासचिव भट्टराईलाई फागुन २१ गते सम्पन्न निर्वाचनको समयमा पार्टीले जिम्मेवारी नदिएको विषयलाई महासचिव पोखरेलले समाजिक सञ्जाल फेसबुकमार्फत खण्डन गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्– ‘अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ।

अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको थिएँ। त्यसबेला उहाँले ताप्लेजुङ जानुपर्ने बताउनुभएको थियो। मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ। तर अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट भने म आश्चर्यचकित भएको छु।’

योगेशको भनाइको अधुरो अंश मात्र सम्प्रेषण भएको हुन सक्ने भन्दै उनले भ्रम नपरोस् भनेर विषय स्पष्ट पारेको सञ्जालमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖