• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

के रास्वपाको आज एक सिट थपिन्छ?


  • धनकुटा खबर
  • .

काठमाडौं। धनुषा-१ को निर्वाचनसम्बन्धी विवादमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दै छ। धनुषा-१ मा आफ्नो उम्मेदवारी खारेज र नेकपाका मातृका यादवलाई विजयी घोषणाविरुद्ध रास्वपाका किशोरी साहले दायर गरेका छुट्टाछुट्टै रिटलाई एकै ठाउँ राखेर सुनुवाइ गर्न लागेको हो।

साह कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले मतदानको दुई दिनअघि उम्मेदवारी खारेज गरेको थियो। त्यसपछि साह सर्वोच्च अदालत गएका थिए। समय अभावका कारण मतपत्रमा साहको चुनाव चिह्न राखेरै मतदान गराइएको थियो।

मतगणनापछि निर्वाचन अधिकृतको कार्यालयले नेकपाका उम्मेदवार मातृका यादवलाई विजयी भएको प्रमाणपत्र दियो। त्यसविरुद्ध पनि साहले सर्वोच्चमा रिट दायर गरेका थिए। कुनै कारणले सुनुवाइ नसरे सर्वोच्चले आइतबार यो विवादको निकास दिनेछ।

निर्वाचन आयोगका साह कालोसूचीमा रहेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले फागुन १८ गते साहको उम्मेदवारी रद्द गरेको थियो । तर, निर्वाचनमा भने साहले नै सबैभन्दा धेरै मत ल्याएका छन् । साहको उम्मेदवारी रद्द गर्ने निर्णय आफैंले गरेको हुँदा निर्वाचन आयोगले त्यहाँ दोस्रो भएका उम्मेदवार नेकपाका मातृका यादवलाई विजयी भएको प्रमाणपत्र दिइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖