• Wednesday 7th of October 2026

यी रहेछन् यौनांग भित्र लागुऔषध लुकाउने महिला,यसरी परे पक्राउ


  • धनकुटा खबर
  • .

गुप्ताङ्गमा लुकाएर लागूऔषध खैरो हिरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक किशोरीलाई पक्राउ गरेको छ।

शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागूऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीकी २० वर्षीया अनुस्का सिंह ठकुरीलाई पक्राउ गरेको हो।

त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले ठकुरीले लुकाएको लागूऔषध निकालेको थियो। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖