काठमाडौ । नेपाल आयल निगम (एनओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको जनाएको छ।
नयाँ मूल्यसूची अनुसार अब पेट्रोल र डिजेल दुवैको मूल्य बढेर लागू हुनेछ।
निगमले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य र आयात लागतका कारण मूल्य समायोजन गर्नुपरेको जनाएको छ।
