• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

आयतुल्ला खामेनी चढ्ने विमान पनि ध्वस्त गरेको इजरायलको दाबी


  • धनकुटा खबर
  • .

तेल अभिभ । इजरायलले तेहरानस्थित मेहराबाद विमानस्थलमा रहेको एउटा विमान नष्ट गरेको दाबी गरेको छ ।

यो विमान इरानका हालै मारिएका सर्वाेच्च नेता आयतुल्ला अली खामेनीले प्रयोग गर्ने गरेको बताइएको छ । गएराति गरिएको कारबाहीमा उक्त विमान ध्वस्त पारिएको इजरायली सेनाले जनाएको छ ।

सेनाका अनुसार उक्त विमान अन्य उच्च इरानी अधिकारी र सैन्य अधिकारीहरूले पनि हतियार खरिदसम्बन्धी गतिविधि तथा सहयोगी देशहरूसँग समन्वय गर्न प्रयोग गर्ने गरेका थिए ।

इजरायली सैन्य स्रोतका अनुसार इरानमाथिको आक्रमणमा सेनाको मुख्य लक्ष्य मिसाइल प्रक्षेपण प्रणालीहरू हुन् । इजरायली रिपोर्टका अनुसार हालसम्म इरानका करिब ७० प्रतिशत मिसाइल प्रक्षेपण केन्द्रहरू नष्ट गरिएको वा प्रयोग गर्न नसकिने अवस्थामा पु‍र्‍याइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖