एजेन्सी । इरानी हमलापछि अमेरिकाको एक एफ–३५ लडाकु विमानलाई बिहीबार आपतकालीन अवतरण गराइएको छ ।
सीएनएनले स्रोतहरूलाई उद्धृत गर्दै यससम्बन्धी रिपोर्ट सार्वजनिक गरेको छ ।अमेरिकी सेनाको मध्य कमान्ड (सेन्टकम)का प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, यो पाँचौँ पुस्ताको लडाकु विमान इरानमाथि आफ्नो मिसनमा थियो । त्यही समय यसलाई मध्यपूर्वस्थित एक अमेरिकी एयरबेसमा आपतकालीन अवतरण गराउनुपरेको थियो ।
उनले विमान सुरक्षित रूपमा अवतरण भएको र घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।
उनले पाइलटको अवस्था स्थिर रहेको बताए । फेब्रुअरीको अन्त्यमा युद्ध सुरु भएदेखि इरानले अमेरिकी विमानलाई निशाना बनाएको र एफ–३५ लाई आपतकालीन अवतरण गर्नुपरेको यो पहिलोपटक हो ।
