• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

इरानले पहिलो पटक प्रयोग गर्‍यो ४ हजार किलोमिटर पर मार हान्ने मिसाइल


  • धनकुटा खबर
  • .

एजेन्सी । इरानले अमेरिका र इसराइलसँग युद्धको पहिलो पटक लामो दूरीमा प्रहार गर्ने मिसाइल प्रहार गरेको छ।

शनिबार इरानले हिन्द महासागरको डिएगो गार्सियास्थित अमेरिका-बेलायतको सैन्य अड्डालाई निशाना बनाएर ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो।

यो सैन्य अड्डा तेहरानबाट ४ हजार किलोमिटरको दूरीमा रहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

इरानले तीन साताको युद्धमा पहिलो पटक यति लामो दूरीमा प्रहार गरेको हो। यसबाट इरानले युरोपेली मुलुकहरूमा पनि आक्रमण गर्न सक्ने क्षमता विकास गरेको भनेर रोयटर्सले लेखेको छ।

यसले युद्ध तत्काल अन्त्य नहुने संकेत गरेको पनि विश्लेषण हुन थालेको छ।

यसअघि इरानले प्रयोग गर्दै आएको अधिकांश मिसाइलहरुको मार हान्ने दूरी ३०० किलोमिटरदेखि करिब २ हजार किलोमिटरसम्म हुने गर्थ्यो।
यस्ता क्षेप्यास्त्र मुख्यतः मध्यपूर्वभित्रका लक्ष्यहरू; इसराइल र खाडी मुलुकका अमेरिकी सैन्य अड्डासम्म सीमित थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖