• Friday 9th of October 2026

यस्तो छ प्रधानमन्त्री बालेन शाहको सचिवालय टिम


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) को प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त भएका छन् ।

शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता समेत रहेका बालेनले आफ्नो सचिवालय टिम बनाएका हुन्।

उनको राजनीतिक सल्लाहकारमा असिम शाह,प्रधानमन्त्री शाहको मुख्य स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका स्राेतले राताेपाटीलाई बतायाे ।

प्रधानमन्त्रीको प्रशासन प्रमुखमा सुदिप ढकाल, सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र र निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारले पाएका छन्। बाँकी नियुक्ति पनि गरिने बताइएकाे छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖