काठमाडौ । सरकारले दोहोरो कार्यक्षेत्र भएका करिब ५५० सरकारी कार्यालय खारेज गर्ने तयारी गरेको छ।
यससँगै करिब २२ हजार कर्मचारीको दरबन्दी कटौती हुने अनुमान गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सङ्घीय मामिला मन्त्रालयले सुशासन मार्गचित्रअन्तर्गत यस्तो सुझाव अघि सारेको हो।
खारेज हुने सम्भावित निकायमा काठमाडौँ उपत्यका विकास प्राधिकरण, विभिन्न आयोग, जिल्ला निर्वाचन कार्यालयहरु, शिक्षा समन्वय इकाइ, खेलकुद परिषद्, युवा परिषद् लगायत छन्।
आयोगहरूले असान्दर्भिक, दोहोरो काम गर्ने निकाय हटाउन सिफारिस गर्दै आएका छन्।
