• Friday 9th of October 2026

अध्यक्ष ओली पक्राउको विरोधमा माइतीघरमा उत्रिन एमाले कार्यकर्ताहरूलाई महेश बस्नेतको अपिल


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ चैत्र । नेकपा (एमाले) का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आजपनि माइतीघरमा विरोध प्रदर्शनमा उत्रिन कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

उनकाअनुसार आजको विरोध प्रदर्शन दिउँसो १ बजेबाट सुरु हुनेछ । उक्त विरोधलाई सशक्त बनाउनको लागि उनले पार्टी पँक्तिलाई अनुरोध गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

आज दिउँसो १ बजे माइतीघर मण्डलमा आयोजना हुने सशक्त विरोध कार्यक्रममा सहभागी हुन सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। वर्तमान अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको बालेन नेतृत्वको सरकारद्वारा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधपूर्ण गिरफ्तारी तथा कथित गृहमन्त्रीका सबै प्रकारका अराजक गतिविधिहरूको विरोधमा नेकपा ९एमाले० राजधानी प्रदेशले आयोजना गर्न लागेको विशेष प्रदर्शनमा सशक्त सहभागिता जनाऔँ। आन्दोलनको मोर्चामा भेट हुनेछ। जुझारु अभिवादन सहित।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖