• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दुई जना दाबेदार भएपछि एमालेले संसदीय दलको नेता छान्न सकेन, आजै चुनाव हुने


  • धनकुटा खबर
  • .

काठमाडौँ । आकाङ्क्षीहरूबिच सहमति जुट्न नसकेपछि एमालेले संसदीय दलको नेता चुनावबाट छान्ने भएको छ ।

बुधवार पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति जुट्न नसकेको हो ।

एमाले सांसद ऐन महरले संसदीय नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र युवा नेता सुहाङ नेम्वाङको दाबी रहेको तर सहमति जुट्न नसक्दा चुनावमा जाने निर्णय भएको बताए ।

आजै सांसदहरूबिच चुनाव गरेर दलको नेता छान्ने तयारी भएको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖