• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

थापा निर्विरोध निर्वाचित हुँदै, सुहाङले पाएनन् प्रस्तावक र समर्थक


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुने भएका छन् ।

संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुने तयारी गरिएको थियो ।

निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले उम्मेदवारी दिइसकेका थिए । सुहाङले पनि उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र लिइसकेका थिए ।

यद्यपि उनले समर्थक र प्रस्ताव पाएनन् । सुहाङले समर्थक र प्रस्तावक नपाएपछि चुनाव नभइ थापा निर्विरोध निर्वाचित हुने भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖